About Us

हाम्रा गुरु एवं मार्गदर्शक

आराध्यदेव श्री पशुपतिनाथ मन्दिर परिसर वनकाली क्षेत्रमा विश्वकै पञ्चम मूलजगद्गुरु श्री कृपालु जी महाराजका एकमात्र नेपाली प्रचारक राष्ट्रित सन्त स्वामी श्री हरिदासजीको दूरदर्शिता, परिकल्पना, समर्पण र निर्देशनमा साधकजनहरु कै योगदानमा श्री राधा माधशव समिति नेपालबाट निर्मित श्री कृपालु उद्यान एक अद्वितीय आध्यात्मिक, मनोरम र प्राकृतिक स्थल हो । यसको मुख्य उद्देश्य प्रकृति संरक्षण गर्दै मानव जीवनमा दया, करुणा, शान्ति र भक्तिभाव प्रवाह गर्नु हो । यो स्थान केवल एउटा बगैँचा वा मन्दिर मात्र नभई, आत्मा शुद्ध पार्ने, मनलाई शान्त पार्ने र जनसमुदायलाई एकताबद्ध गर्ने पवित्र स्थलको रूपमा परिकल्पना र विकास गरिएको छ। शान्त प्राकृतिक वातावरण, सुन्दर बगैँचा, हरियाली, सुव्यवस्थित धार्मिक आध्यात्मिक सरजनाहरु सहितको दिव्य परिसर र ध्यान गर्ने खुला ठाउँले यहाँ आउने प्रत्येक आगन्तुकलाई आत्मिक सुखानुभूति गराउँदछ । यहाँको स्वच्छ वातावरणले मानिसलाई विशेष गरी शहरी जीवनका दैनन्दिन तनावहरूबाट टाढा राखी शारीरिक, मानसिक शान्ति प्रदान गर्नुका साथै आत्मसमीक्षा, प्रार्थना र आध्यात्मिक चिन्तनमा निमग्न हुन सहज बनाउँछ। कृपालु उद्यानको निर्माण सांस्कृतिक, धार्मिक र प्राकृतिक मूल्य मान्यताहरूको संरक्षण; संवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। यसले विभिन्न उमेर र पृष्ठभूमिका मानिसलाई आत्मिक रूपमा जोड्ने पुलको काम गर्दछ। भगवद् क्षेत्रमा अघि बढ्न प्रेरित गर्दछ । कृपालु उद्यानमा आउने प्रत्येक आगन्तुकले यहाँ शान्ति, श्रद्धा र जीवनप्रति नयाँ दृष्टिकोण अनुभव गर्दछन्। यसकारण कृपालु उद्यानलाई आध्यात्मिक घर, शान्तिको केन्द्र र संस्कृतिको संरक्षक पवित्र स्थलका रूपमा चिनिन्छ । यस युगका पञ्चम मूलजगद्गुरुत्तम श्री कृपालु जी महाराजको स्मृतिमा उहाँका नेपाली प्रचारक राष्ट्रिय सन्त स्वामी श्री हरिदासजीको परिकल्पना र प्रेरणाबाट श्री पशुपति क्षेत्र विकास कोषको स्वीकृतिमा श्री राधा माधव समिति नेपालबाट यस उद्यानको निर्माण गरी भगवान श्री पशुपतिनाथमा समर्पण गरिएको हो । यस पुण्य भुमिमा अवलोकन भ्रमण गर्नु हुने सबै श्रद्धालु भक्तजनहरुमा यस सम्पदाको सम्भार, संरक्षण तथा विकासमा सल्लाह, सुझाव तथा सहयोगका साथै भएपुर आध्यात्मिक लाभ लिनु हुन अनुरोध गर्दछौं । जय श्री राधे !

श्री कृपालुजी महाराज
संस्थाको लोगो
Our Mentor

श्री कृपालुजी महाराजको संक्षिप्त जीवनी

जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।

श्री कृपालुजी महाराज, आध्यात्मिक प्रवर्तक

श्री कृपालुजी महाराजले मानव कल्याण, आध्यात्मिक जागरण, र सद्भावना बढाउने उद्देश्यले धेरै मन्दिर, नि:शुल्क शैक्षिक संस्था, नि:शुल्क स्वास्थ्य सेवा प्रदायक संस्थाहरु र सेवा प्रकल्पहरू स्थापना गर्नुभयो। उहाँको जीवन र शिक्षा सबैलाई प्रेम, भक्ति, र आध्यात्मिक चेतना अभिबृध्दि गर्ने मार्ग प्रशस्त गर्छ।

स्वामी श्री हरिदासजी
संस्थाको लोगो

स्वामी श्री हरिदासजी

श्री कृपालुजी महाराजले मानव कल्याण, आध्यात्मिक जागरण, र सद्भावना बढाउने उद्देश्यले धेरै मन्दिर, नि:शुल्क शैक्षिक संस्था, नि:शुल्क स्वास्थ्य सेवा प्रदायक संस्थाहरु र सेवा प्रकल्पहरू स्थापना गर्नुभयो। उहाँको जीवन र शिक्षा सबैलाई प्रेम, भक्ति, र आध्यात्मिक चेतना अभिबृध्दि गर्ने मार्ग प्रशस्त गर्छ।

स्वामी श्री हरिदासजी, आध्यात्मिक प्रेरेक

यस युगका पंचम मूल जगद्गुरु श्री कृपालु जी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी श्रीहरिदासजी गुरु कृपाबलबाट नेपाल भरी तथा नेपाल बाहिर रहनु भएका नेपाली भक्तजन माझ प्रवचन मार्फत अध्यात्मिक चेतनाको ज्योति फैलाउनु गर्नुभएको छ। जन जनमा भक्ति भावको प्रकाश प्रवाहित पार्नु भएको छ।

आदरणीय संगीता दिदी
संस्थाको लोगो
Our Mentors

आदरणीय संगीता दिदी

यस युगका पञ्चम मूल जगद्गुरुत्तम श्री कृष्ण जी महाराजद्धारा प्रणीत सुमधुर पदहरुको गहन भावार्थ सरल नेपाली भाषामा प्रवाहित गर्नका लागि साथै तिनको प्रेरक गायनद्धारा भगवत्प्रेमको अंकुर प्रस्फुटन गराउन हुने आदरणीय संगीता दिदी श्री राधा माधव समिति नेपालको अध्यक्ष तथा श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रकी संरक्षक हुनुहुन्छ। उहाँको निर्देशनमा यस जगद्गुरुत्तम मन्दिर तथा श्री राधा माधव समितिका कार्यहरु अगाडी बढीरहेका छन्।